२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

उपनिर्वाचनमा मनोनयन दर्ता गराएका माथि आज उजुरी दिन सकिने

निर्वाचन आयोगले बैशाख १५ गते हुने प्रतिनिधी र प्रदेशसभा उपनिर्वाचनका लागि भएका उम्मेदवार दर्ता गराउकाहरु माथि उजुरी दिने समय आजलाई तोकेको छ ।

आयोगले इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि सनिवार मनोनयन दर्ता गराएका उम्मेदवारहरु विरुद्ध कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने समय तोकेको हो ।

आयोगका अनुसार उम्मेदवार विरुद्ध कुनै उजुरी परे आयोगले २६ गते सोमबार मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ ।
त्यस्तै निर्वाचन कार्यतालिका अनुसार २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने रहेको छ । भने आउँदो २०८२ बैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाले उम्मेदवार दिएका छन् ।
त्यस्तै बझाङ क्षेत्र नम्बर १ (१)मा पनि १२ राजनीतिक दलबाट बाह्रै जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौमा निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वान गराउन लागेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*