२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

राजनीतिबाट बाहिर नजान आग्रह गर्दै पौडेललाई भेटे देउवाले

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
देउवाले पौडेललाइ शनिबार राति पौडेल निवास बोहोराटार गएर भेटेको श्रोतले बताएको छ ।
१४ औं महाधिवेशनबाट पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धाबाट आफू अलग रहने भन्दै पौडेलले शनिबार विज्ञप्ति निकाले पछीको परिश्थितीलाई मध्यनजर गर्दै देउवा पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।
भेटमा देउवाले राष्ट्रलाई तपाईको आवश्यकता भएको भन्दै पार्टी तथा राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गरेका थिए ।
त्यस अवसरमा पौडेलले सिद्धान्त र आदर्श विपरित अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको देउवालाई बताएका थिए ।
साथै पौडेलले काँग्रसलाई काँग्रेस जस्तो बनाउन स्वस्थ प्रतिस्पर्धाको झलक् देखाई महाधिबेशनले नयाँ सन्देश दिनु पर्नेमा जोड दिन पनि देउवालाई आग्रह गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*