६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

काँग्रसको १४ औं महाधिवेशन अन्तर्गत ढुंगाना र रिजाल केन्द्रिय सदस्यमा सर्वसम्मत

नेपाली काँग्रसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
काँग्रेस संस्थापन पक्षका उनिहरु प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दिएका थिए ।
शनिबार प्रदेश दुई बाटै उमेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन तालिका अन्तर्गत उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आईतवार बिहान ११ बजेसम्म थियो ।
अहिले सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने तालिका अन्तर्गत काँग्रसको केन्द्रिय सदस्यमा दुई जना सर्वसम्मत भएका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*