२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

रहेनन् भजन शिरोमणि आचार्य

नेपाली सुगम संगीतका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन भएको छ ।
सोमबार अपराहन्न असजिलो भए पछि उपचारकालागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारीक श्रोतले बतायो ।
भजन शिरोमणि उपाधि प्राप्त रहेका आचार्य १९९९ सालमा नेपालको पूर्वी जिल्ला धनकुटामा जन्मिएका थिए ।
मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने जस्ता चर्चित सुगम संगीत नेपाली समाजलाई दिएका छन् ।
दर्जनौ भजन सहित झण्डै ४ सय गीतमा स्वर र संगीत दिएका आचार्यका दुई छोरा सत्य राज आचार्य र स्वरुपराज आचार्य पनि नेपाली सुगम संगीतमै छन् ।
पारिवारीक श्रोतका अनुसार स्वर्गिय आचार्यको पार्थिव सरिरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
आचार्यलाई राष्ट्रिय सम्मानका साथ बिदाई गरिने कार्यक्रम पनि तय भएको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*