२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

पर्यटकलाई ट्रेकिङकालागि अनलाईन मार्फत रुट परमिट दिन सुरु

अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने पर्यटककालागि अनलाईन मार्फत रुट परमिट दिन सुरु गरेको छ ।
विभागले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकको सहजताकालागि आनलाईन मार्फत रुट परमिट दिन सुरु गरेको जनाएको छ ।

पर्यटकहरुले अव अनलाइन मार्फत मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनास्लु क्षेत्रका चुम र नुव्री भ्याली, हुम्ला जिल्लाको सिमकोट रुट परमिट लिन सक्ने छन् ।

त्यस्तै चङ्खेली, नाम्खा र ताप्लेजुङको कञ्चनजङ्गा क्षेत्र जान पनि अनलाई मार्फत सहजै रुट परमिट पाउने छन् ।

झन्झटिलो कागजी प्रणाली हटी अनलाईन प्रणाली सुरु गरेपछि अव विदेशी तथा स्वदेशी पर्यटकले आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्युआर पेमेन्ट’ गरी सहज तरिकाले परमिट लिइ भ्रमण गर्न सकिने वातावरण तैयार भएको अध्यागमन विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*