२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा महिला पक्राउ

रूससँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। बिबिसीका अनुसार ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको भ्रमण तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन्।

रूसलाई समर्थन गर्ने स्थानीयले युक्रेनका सैन्य सूचनाहरू मस्को पुर्‍याउने गरेको आरोप युक्रेनले लगाउँदै आएको छ। सेक्युरिटी सर्भिस अफ युक्रेनले ती महिलाले सैन्य सूचना रूसी गुप्तचरलाई दिइरहेका बेला नै पक्राउ गरिएको बताएको छ। गत जुनमा जेलेन्स्कीले बाढी प्रभावित क्षेत्र माइकोलेभको भ्रमण गरेका थिए। उक्त भ्रमणअघि नै ती महिलाबारे सुरक्षा संस्थाले जानकारी पाएका थिए। उनी ओचाकिभ भन्ने सानो सहरमा बस्थिन्।

जेलेन्स्की गत जुलाईमा उक्त ठाउँमा गएका थिए। लामो समयसम्म ती महिलामाथि अनुसन्धान गरेपछि सुरक्षाकर्मीलाई उनलाई पक्राउ गरेका हुन्। ती महिलामाथि सैनिक र हतियारको आवातजावतबारे अनधिकृत सूचना पठाएको आरोपमा मुद्दा चल्ने छ। दोषी ठहर भएमा उनलाई १२ वर्ष कैद सजाय हुन सक्छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*