७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

मकवानपुरमा पहिरोले घर पुर्दा १ को मृत्यु, ६ बेपत्ता

हिजो रातिदेखिको अबिरल वर्षाका कारण गएको पहिरोले घर पुर्दा मकवानपुरमा एक जनाको ज्यान गएको छ । स्थानीय बागमती गाउँपालिका– ५ सिक्रेनीमा पहिरोले घर बगाउँदा थप ६ जना बेपत्ता भइरहेका छन् ।

जिल्ला प्रहरी मकवानपुर स्रोतका अनुसार गए राति पहिरोले स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पुर्दा सात जना पनि पुरिएका थिए । तिनीहरुमध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतानलार्य उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

पहिरोमा परेका घरमुली ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, डेढ वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका १ कोकटीका पासाङ घिसिङ बेपत्ता छन् ।

पहिरोमा पुरिएर बेपत्ता भएका अन्य ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरो आसपासको बस्तीलाई सतर्कता अपनाउन भनिएको छ ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*