२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

यस बर्षको दशैंका लागि नयाँ नोट भदौं २९ गते साट्न पाईने

नेपाल राष्ट्र बैंंकले यस बर्षको दशैंलाई लक्षित गरी सर्वसाधारणकालागि यहि भदौ २९ देखि नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको छ ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले काठमाडौं उपत्यका भित्रका बैंक तथा वित्तीय संस्थाहरुबाट यहि भदौं २९ गते देखि नयाँ नोट साट्न पाउनेछन् । भने उपत्यका बाहिरका बैंक तथा वित्तीय संस्थाहरुबाट असोज २ गते देखि यो सेवा प्रदान गरिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।
यसरी साट्ने नयाँ नोट तोकिएको सिमा अनुसार ५ देखि १०० सम्मका प्रति व्यक्ति १८ हजार ५ सयका दरले साट्न पाउने व्यवस्था मिलाईएको पनि राष्ट्र बैंकले जनाएको छ ।
गत बर्ष पनि राष्ट्र बैंकले प्रति व्यक्ति सोही अनुपातमै नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो ।
यस बर्ष राष्ट्र बैंकबाट बैंकहरुले शाखा हेरर ५ देखि १० करोडसम्म नयाँ नोट पाउनेछन् ।
कोरोना महामारीका बीच पनि गत बर्ष राष्ट्र बैंकले ८ अर्बको नयाँ नोट सटही भएको जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*