२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थ फिर्ता लियो

लुम्बिनी प्रदेशमा पनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकको निर्णय अनुसार प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा पेश गरेर समर्थन फिर्ता लिएका हुन ।
माओबादी केन्द्रबाट सरकारमा सहभागि दुई मन्त्री धनबहादुर मास्की राना र कृष्णा के.सी.ले आजै मन्त्री पदबाट राजिनामा दिने तैयारी गरेका छन् ।

माओवादी केन्द्रका ११ सांसद रहेको लुम्बिनी प्रदेशमा उसले समर्थन फिर्ता लिए पनि नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री डिल्लि बहादुर चौधरीको सरकार बहुमतमै रहने छ ।

एक स्वतन्त्र सहित १० दलका ८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा बहुमतकालागि ४४ सांसदको आवश्यकता हुन्छ ।
गएको बैशाख १४ गते ८ दल र एक स्वतन्त्र सांसस गरी ५३ जनाको समर्थनमा काँग्रेसका डिल्लि बहादुर चौधरीले लुम्बिनी प्रदेशमा सरकार बनाएका बनाएका थिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने प्रवधान छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*