२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

बिज्ञापन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न तैयार छौ: उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाल


उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उद्योग व्यवसायको व्यावसायिक हितकालागि सरकार सधै तैयार रहेको बताएका छन् ।
राष्ट्रिय बिज्ञापन संघ “नान”को प्रारम्भिक साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुत बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् ।
बिज्ञापन क्षेत्रलाई अन्य उद्योग जस्तै बिस्तार गर्दै लैजाने प्रस्तावमा आफु सधै सकारात्क रहेको भन्दै आफु र आफ्नो मन्त्रालय यो क्षेत्र बिस्तारकालागि सधै सम्पर्क र सम्वादमा रहने बताएका हुन् ।
बर्तमान सरकार मुलुकको अर्थ मजबुद बनाउने दिशा तिर उन्मुख भएको भन्दै मन्त्री रिजालले बिज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई सरकार संग सहकार्य गरी अगाडि बढन् आव्हान समेत गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले खस्कदो बिज्ञापन क्षेत्रलाई बढाउन बिज्ञापन बोर्ड सधै सजग रहेको बताएका छन् । बोर्डले बिज्ञापन सम्वन्धी एैन, नीति तथा योजनालाई थप व्यावस्थित गर्ने योजना अन्तिम चरणमा पुर्याएको र त्यो छिट्टै कार्यान्वयनमा आउने अध्यक्ष हुमागाईले जानकारी दिए । अन्तिम चरणमा रहेको बोर्डको यो योजना आए बिज्ञापन व्यावसाय मात्र नभई यो क्षेत्र नै व्यवस्थित र मर्यादित हुनेपनि हुमागाईले बताए ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बिगतका बर्ष देखि नेपाली बिज्ञापन एजेन्सीले सामुदायिक रेडियोलाई गर्दै आएको सहयोगको प्रसंसा गरे । खस्कदो बिज्ञापन बजारको अवस्था प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष गिरीले सरकारले पनि यो क्षेत्रलाई बढाउने किसिमका कार्यक्रम ल्याई संचार माध्यमलाई बाँच्ने आधार तयार गरिदिन सरकार संग अनुरोध गरे ।
कार्यक्रममा बिज्ञापन व्यावसायी नविन राज पौडेल, बानका उपाध्यक्ष राजकुमार थापा, बिज्ञापन बोर्डका सदस्य पवन अधिकारी, चेम्बरअफकमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले साधारणसभाको सफलताको शुभकामना दिएका थिए । संघका महासचिव आशिष खड्काले उद्घोषण गरेको कार्यक्रमा अतिथिलाई द्वितिय उपाध्यक्ष अमृत पन्थिले स्वागत गरेका थिए, भने सचिव बिमल खड्काले धन्यबाद ज्ञापन गरेका थिए ।


संघको प्रारम्भिक साधारण सभाले धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदिप कोईराला, द्वितिय उपाध्यक्षमा अमृत कुमार पन्थि, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुली, सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी, सविन पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् ।
नब निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक अधिवक्ता प्रदिप सत्यालले खुवाएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*