२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

आर्थिक र राजश्व वृद्धिमा निजी क्षेत्रलाई चलायमान बनाउनु पर्छ अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वद्धि र उद्योग व्यवसायको बिस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरणसभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले निजी क्षेत्र चलायमान नभए सम्म आर्थिक वृद्धि र राजश्व वृद्धि नहुने भएकोले निजी क्षेत्रलाइ सधै चलायमान बनाउनु पर्ने बताए ।
राज्यको लगानीले मात्रै आर्थिक गतिविधी चलायमान नहुने भन्दै मन्त्री महतले बाहृय र स्थानीय लगानीलाई प्रबर्द्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन कठिन हुने बताए ।
पुँजीगत खर्चलाई प्रभावकारी ढंगमा खर्च गर्न सरकारको प्रमुख प्राथमिकता हुने बताउँदै मन्त्री महतले निजि क्षेत्रलाई सरकारले साझेदारीको रुपमा लिएको बताए ।
मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने सरकारले कुनै पनि कसर बाँकी नराख्ने पनि मन्त्री महतले प्रतिवद्धता जनाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*