२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

एसिया कप– २०२३ को उपाधि भारतलाई : सिरजले लिए ६ विकेट

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । यो उपाधि भारतको आठौं हो । पछिल्लो उपाधिमा भारतले धेरै इतिहास पनि रचेको छ ।

एसिया कप क्रिकेटको उपाधिका लागि आइतबार मध्याह्नबाट सुरु भएको फाइनल खेलमा श्रीलंकाले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । फाइनल खेलमा भारतका फास्ट बलर मोहम्मद सिरज एक्लैले ६ विकेट लिए । ६ विकेटको ऐतिहासिक उपलब्धि हासिल गर्दा उनले एकै ओभरमा ४ विकेट लिएका हुन् ।

श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेकोमा ५० रनमै अलआउट भयो । श्रीलंकालाई सस्तैमा अलआउट गर्न मोहम्मद सिराज ६, हार्दिक पाण्डे ३ र जसप्रित बुमराहले १ विकेट लिए । भारतीय बलरको धारिलो बलिङबाट धराशयी बनेको श्रीलंकाले कुनै पनि क्षण भारतलाई चुनौती दिन सकेन ।

श्रीलंकन टिमका दुई ब्याट्सम्यानबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । चार जना ब्याट्सम्यान त शून्यमै आउट भए ।

भारतीय बलर सिराजले ७ ओभर बलिङ गर्दा २१ रन दिएर ६ विकेट लिए । हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रनमात्र खर्चेर तीन विकेट लिए भने बुमराहले १ विकेट लिए ।

श्रीलंकन ब्याटस्म्यान कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए । अन्य ब्याट्स म्यान चल्न सकेनन् र फाइनलमा सर्वाधिक कम रनमा समेटियो ।

जवाफी ब्याटिङमा भारतले ६.१ ओभरमै लक्ष्य भेट्टायो । कप्तान रोहितको ठाउँमा इसान किसनले शुभमन गिलसँग ब्याटिङ गरेका थिए । उनीहरुले श्रीलंकाका बलरहरुलाई कुनै मौका दिएनन् । गिलले १९ बलमा ६ चौकासहित २७ रन बनाए भने किसनले १८ बलमा २३ रन बनाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*