२९ बैशाख २०८१, शनिबार  |  11 May 2024,Saturday
Ad

बालकुमारी क्षेत्र तनावग्रस्त, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारी आसपासमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरेका छन् ।


मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी रोकेर युवाहरुले मन्त्री र उनका सुरक्षार्थ खटिएका पीएसओलाई गाडीबाट बाहिर निकाली आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले त्यसरुटमा चल्ने सार्वजनिक सवारी साधनमा समेत ढुंगा मुढा गरेका छन् ।


कोरिया जान पानी जहाज कम्पनीका आवेदन दिएका विद्यार्थीहरु अनुर्तिण भए अन्य क्षेत्रको परिक्षामा सामेलहुन नपाउने इपिएस कार्यालयको निर्णय बिरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले उत्पादन तथा कृषि क्षेत्रमा पनि ति युवाहरुले आवेदन दिन पाउने आदेश दिएको थियो । तर कार्यालयले रिट दायर गर्ने युवालाई मात्र अन्य क्षेत्रमा आवेदन दिन आव्हान गरे संगै त्यस विरुद्ध अन्य युवाहरुले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।


प्रर्दशनलाई नियन्त्रण लिन प्रहरीले दर्जनौ सेल असुरग्याँस प्रहार गरेको छ । अहिले बालकुमारी क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी स्थीतिलाई नियन्त्रणमा लिन खोजिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*