२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

प्रसूतिगृह स्थापना दिनबाट अनलाइन टिकेटिङ

संघीय राजधानी कठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले स्थापना दिवसको असर पारेर अनलाइन टिकट सुरु गरेको छ ।

आजभन्दा ६४ वर्षअघि स्थापना भएको प्रसूतिगृह अस्पतालले अहिलेसम्म नयाँ प्रविधिबाट टिकटको व्यवस्थासम्म गर्न सकेको थिएन । तर ६४ औं वार्षिकोत्सव मनाउँदै गर्दा र अस्पतालमा बिरामीको चाप अध्यधिक हुँदा अनलाइन टिकट व्यवस्था थालेको जनाएको छ।

स्थापना दिवसको विशेष कार्यक्रममा अस्पताल प्रशासनले आजैबाट अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टरसमेत सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।

अस्पालले औषधि खरिद गर्ने सहजताका लागि फार्मेसी काउण्टरसमेत थपेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको जानकारी गराए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*