२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

डेङ्गी सङ्क्रमण प्रभावकारी नियन्त्रण गर्न मन्त्रालयको निर्देशन

डेङ्गीको संक्रमण दिनदिनै बढ्न थाले पनि देशभर बिरामीको संख्या पनि थपिँदै गएको छ । जिल्लाहरुमा प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा बिरामीले मृत्युदर पनि बढ्न थालेको छ ।

स्वास्थ्य सेवा प्रभावकारी नभएको जनगुनासाहरु आइरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भने सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन दिएको छ ।

महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले डेङ्गी सङ्क्रमण दैनिक बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकता अनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न निर्देशन दिएको बताएका छन् ।

अस्पतालहरुमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । यतिबेलासम्म डेङ्गीको सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार डेङ्गीको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पतालहरुलाई पत्र काटेरै निर्देशन दिइएको छ ।

डेङ्गी उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गीको निदान गर्न आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पतालहरुलाई भनिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*