२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा मन्त्रीमण्डल बिस्तार, २० मन्त्रीले खाए शपथ

नयाँ सत्ता समिकरण परिवर्तन भए संगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जनाको नयाँ मन्त्री मण्डल बिस्तार गरेका छन् । विस्तारित नवनियुक्त मन्त्रीहरुले बुधबार अवेर पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सिफारिस १८ जना मन्त्रीहरुले राष्ट्रिपति रामचन्द्र पौडेल समक्ष राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ खाएका हुन् ।

शपथ खानेहरुमा नेकपा एमालेको तर्फबाट ८ जना मध्य उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा पदम गिरी, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीले शपथ खाएका छन् ।
त्यस्तै ज्वाला कुमारी शाह कृषि तथा पशुपंक्षी, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, हरी उप्रेति रक्षा, भगवती चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक र राजेन्द्र कुमार राईले खानेपानी मन्त्रीमा शपथ लिएका छन् । गिरीले यस अघि नै शपथ लिईसकेका छन् ।

त्यस्तै माओवादी तर्फबाट पाँच जना मध्य उप–प्रधान तथा परराष्ट्र मन्त्रीमा नारायण काजि श्रेष्ठ, अर्थमन्त्रीमा बर्षमान पुन, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रीमा शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङले शपथ लिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मध्य उप–प्रधान तथा गृहमन्त्रीमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोर प्रसाद अर्याल, युवा तथा खेलखुद मन्त्रीमा विश्वझक्त श्रेष्ठ र शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री सुमना श्रेष्ठले शपथ लिएका छन् ।

यसैविच नेकपा (एस) ले पनि सरकारमा दुई जनालाई पठाएको छ । मन्त्रीको टुंगोकालागि अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घाश्याम भुसाललाई दिईएको जिम्मेवारी अनुसार प्रधानमन्त्री दाहाल संग क्षलफल गरेर दुई जना मन्त्री बनाउने टुंगो लगाएको हो ।
नेकपा (एस) बाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भानुभक्त जोशी र धनबाहादुर बुढाले सहरी विकास मन्त्रीको शपथ खाएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट सरकारलाई समर्थन रहे पनि मन्त्री मण्डलमा सहभागि भएको छैन् । अध्यक्ष उपेन्द्र यादवलाई पार्टी भित्रबाट दवास सिर्जना भए पछि सरकारमा सहभागी जनाउन अफ्ठेरो परेको श्रोतले बताएको छ ।

सरकारमा सहभागिताका बारेमा पार्टी भित्र व्यापक क्षलफल पछि बल्ल निर्णमा पुग्ने जसपा पार्टी श्रोतले बतायो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*