२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार (आज) भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको हो ।
उपाधि बिजेता सशस्त्र प्रहरीको एपीएफ क्लबल नगद पाँच लाख प्राप्त गरेका छ । त्यस्तै उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सफल भएको थियो ।
एपीएफका अविनाश बोहरा र किशोर महतोले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै पुलिसलाई लक्ष्यसम्म पुग्बाट रोके संगै एपीएफ बिजेता बन्न सफल भएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*