१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

भलिबलमा महिला तर्फ नेपाल च्याम्पेन्सिप बन्यो


एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिप अन्तरगतको महिलातर्फको उपाधी नेपालले हात पारेको छ ।
बंगलादेशको राजधानी ढाकामा भएको फाइनल खेलमाा उज्वेकिस्तानलाई हराउँदै महिला तर्फ नेपाल च्याम्पेन्सिप बनेको हो ।
३–२ को सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि हाँसिल गर्न सफल भएको छ ।
पहिलो सेट २६–२४ ले जितेको नेपालले दोस्रो सेट भने २६–२४ ले नै हारेको थियोे ।
तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखाउँदै २५–१५ ले उज्वेकिस्तानलाई हराएको थियो भने चौथो सेट २४–२२ ले उज्वेकिस्तानले खेल बरावरी बनाएको थियो । निर्णायक अन्तिम पाँचौ खेलमा १५–११ ले जित्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*