२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

पुष्कर र ज्योतिको “मिठो बोलिमा”को बजारमा चर्चा

गायक तथा संगीतकार पुस्कार सुनुवार र ज्योति सुनुवारको आवाजमा रहेको “मिठो बोलिमा” नामक गीत सार्वजनिक भएको छ ।
तीज नजिकी रहेको बेला फरक शैलिमा तैयार पारिएको गीत पुस्कर सुनुवारको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
किरण के उप्रेतिको शव्द रहेको गीतको स्वं गायक सुनुवारले संगीत तथा एरेन्ज गरेका छन् ।
मेलोडी नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत बिप्लब अधिकारीले मिक्स/मास्टरिङ्ग गरेका हुन् । केशव बिश्वाकर्माले छायांङ्कन गरेको भिडियोको सम्पादन मोहन सुनुवारको रहेको छ ।
गीत मिठो बनेको र नेपाली साँगितिक बजारमा एक पटक यसको निकै चर्चा हुने पनि गायक सुनुवारको बिश्वास रहेको छ ।

गायक सुनुवारले गीत एक पटक हेरेर प्रतिकृया दिन पनि सवै श्रोता दर्शक संग अनुरोध गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*