२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

राष्ट्रपति पौडेलद्धारा कविता महोत्सवका उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत कविहरूमा मेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा ! मुई गोठ नाइँ झान्या हुँ) दार्चुला, जीवन आरोही ( प्रश्नहरुको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा ( कविले के सम्झियो ?) सुनसरी, नविन अभिलाषी (भेरी : अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा ( सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई ( नौरानको नाम) सुनसरी र राधिका कल्पित (परिचय पत्र ) काठमाडौँ रहेका छन् ।

सो अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सुक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिए । हामीले आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्ने उनको सुझाव थियो ।

प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए । उनले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गरे ।
साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा उपकुलपति विमल निभाले स्वागत मन्तव्य राखेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*