२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

‘कल्ले खायो दर’ छायाँछवि म्यूजिक अवार्ड २०८० मा सर्बोत्कृष्ट शब्द

सञ्चारकर्मी वसन्त योगीको ‘कल्ले खायो दर’ यस वर्षको ‘छायाँछवि म्यूजिक अवार्ड २०८० मा’ सर्बोत्कृष्ट तीज गीत शब्दतर्फ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड पाए संगै सञ्चारकर्ममा लागिरहेका योगी गीत लेखनमा पनि अब्बल ठहरिएका छन् ।

छायाँछवि म्यूजिक अवार्ड २०८० को मनोनयनमा तीज गीत शब्दतर्फ छनौटमा उत्कृष्ट पाँचौंमा पर्न सफल कल्ले खायो दर शनिबार भएको घोषणामा सर्बोत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएको हो । आफ्नो रचना सर्बोत्कृष्ट भयकोमा रचनाकार योगीले आयोजक छाँयाँछवि क्रियसनलाई धन्यवाद दिएका छन् ।

योगीको तीज गीत ‘कल्ले खायो दर’ भदौ पहिलो साता सार्वजनिक भएको थियो। गीतमा अन्नु चौधरीले स्वर भरेकी छन्। युट्युबमार्फत सार्वजनिक यो गीतले राम्रो भ्युज पाएको छ ।

गीतमा पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् भने म्युजिक भिडियोमा प्रशान्त मगरले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्ण कुमारी महतले नृत्य गरेका छन् ।

यस वर्ष सार्वजनिक भएका तीज गीत मध्य २६ वटा विधामा मनोनयनमा परेका रचना, गायन, एरेन्ज, मोडेल, संगीत लगाएतका उत्कृष्ठ कलाकारलाई अवार्ड प्रदान गरिएको छाँयाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले जनकारी दिए ।
कलाकारको कला प्रतिको चाहना र उनिहरुको आत्मबिश्वासलाई जिवन्त दिन यस्ता अवार्डको आयोजना गर्दै आएको उनको भनाई छ । आफुहरुले कलाकारको मनोबल बढाउन अहिले सम्म दशैं अवार्ड कार्यक्रम गरिसकेको पनि अध्यक्ष शान्ति प्रियले बताए ।
अवार्डमा निम्न बमोजिमका विधामा निम्न कलाकारलाई अवार्ड प्रदान गरिएको छ ।
तीज गीत एरेन्जर : विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङ : प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छाँयाकार : मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष) : प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडल : सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तीज दोहोरी गीत लय : प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायक : विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिका : शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
तीज गीत नवगायन : सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडल : दीपाशा विसी /अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायन : अन्जु श्रेष्ठ/बीना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशन : केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशन : गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडल : सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्द : वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्द : कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लय : तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लय : वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिका : सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिका : सिता के।सी – हेर त साइली
तीज गीत भीडीयो सम्पादक : बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिका : सुनिता दुलाल – पियारी
तीज गीत गायिका : शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्द : कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्द : हरी उप्रेती – तीजै आयो (जुरी)

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*