२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

पहेंलो धातु सुनको बजार भाउ निरन्तर उकालो चढ्दै

सुन तस्कारीको प्रकरण चलिरहेका बेला नेपालमा पहेंलो धातु सुनको मुल्य भने बढेको बढेई छ ।
बिहीबार मात्रै सुन तोलामा २ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महांघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २७ हजार २०० रुपैयाँ पुगेको छ ।
बुधबार मात्र बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारेबार भएको थियो ।
त्यस्तै चाँदीको मुल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बढेको चाँदीको मुल्य अनुसार तोलामा १५ सय ५५ रुपैयाँमा कारोवार भईरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*