२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

पशुपति सिरामिक्स प्रा.लि.को टायल नेपाली बजारमा पठाउने अन्तिम तैयारी

सरकारले नेपालमा तेस्रो लगानी शिखर सम्मेल आयोजना गर्दै गर्दा भारतीय टायल उत्पादन कम्पनीको मुख्य लगानीमा नेपालमा ठुलो टायल उद्योग संचालनमा आएको छ ।
नेपालको तर्फबाट पशुपति सिरामिक्स प्रा.लि को सहकार्यमा बारा जिल्लाको सिमरामा संचालनमा आएको यो टायल उद्योग नेपालकै ठुलो टायल उत्पादन उद्योगका रुपमा मानिएको छ ।
झण्डै २ अर्व रुपैयाँको लगानिमा संचालनमा आएको यस पशुपति सिरामिक्स प्रा.लि.द्वारा उत्पादित टायल नेपाली बजारमा पठाउने अन्तिम गृहकार्य भईरहेको कम्पनीका मार्केटिङ तथा सेल्स डाईरेक्टर सन्नी निमाभटले जनाकारी दिए ।


सिमराको विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा करिव तेह्र महिना अघि देखि उद्योग निर्माण सुरु गरिएको यस प्रा.लि.ले झण्डै २०० जना मजदुरलाई रोजगारी दिएको छ ।
२५ बर्षको लामो अनुभव संगालेको भारतीय टायल उद्योगको लगानीमा संचालनमा आएको यो उद्योगले दैनिक १० हजार बक्स टायल उत्पादन गर्न सक्छ ।
नेपालमा संचालनमा रहेका टायल उद्योग मध्य यस प्रा.लि.ले उत्पादन गर्न लागेको क्षमता सवै भन्दा धेरै मानिएको छ ।
नेपाली बजार लगाएत भारतको विहार, उत्तर प्रदेश, भुटान तथा बंगलादेशलाई समेत निर्यात गर्ने लक्ष्य र योजनाका साथ आगाडी आएको यस टायल उद्योगले केहि महिना भित्रै नेपाली बजारमा आफ्नो उत्पादन दिने समेत मार्केटिङ तथा सेल्स डाईरेक्टर निमाभटको भनाइ छ ।
नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको यो टायल अत्यन्त राम्रो, बलियो, आर्कषक डिजाईनमा रहेको समेत दमकका टायल व्यवसायी गोरक्ष ट्रेडर्सका प्रोप्राईटर बलदेब योगीले भनाई छ ।
नेपालमा यसरी बिदेशी लगानी तथा स्वदेशी कच्चा पदार्थको प्रयोग र नेपाली दाजु भाईले उद्योगमा रोजगार पाउनु भनेको अत्यन्त सकारात्क र स्वागत योग्य रहेको समेत व्यवसायी योगीले बताए ।
पशुपति सिरामिक्सले उत्पादन गरेको टायल आकर्षक डिजाईन तथा गुणस्तरीय रहेकोले पनि आम नेपाली घर निर्माण कर्ताको मन जित्ने र रोजाइमा पर्ने आफुहरुको बिश्वास समेत रहेको टायल उद्योग कम्पनीको दावी छ । ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*