२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

पक्रउ परेकालाई बिना सर्त रिहाई गर्न बैंकर्स संघको माग

सीआईबीले मंगलबार प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहितका केहि बैंकर्सलाई पक्राउ गरेकोमा नेपाल बैंकर्स संघले बिरोध गरेको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बेठकले बैंकर्स माथिको धरपकड विरुद्ध उत्रिने चेतावनी दिएको छ ।
बैठकले बैंकिङ कारोबारमा उच्च सावधानीका साथ ऐन, नियम बमोजिम कर्जा/निक्षेपसँगै अन्य आर्थिक गतिविधि गरिरहेको अवस्थामा बैंकर्स माथि धडपकड गर्नु निन्दनिय कार्य भएको भन्दै पक्राउ परेकाहरुलाई बिना सर्त रिहाईको माग समेत गरेको छ ।
बैंकर्सहरुले आफुहरुको भनाई सुनुवाई गरी पक्रउ परेकाहरुलाई विना सर्त रिहाई नगरे बैंकिङ गतिविधी ठप्प पार्ने समेत चेतावनी दिएका छन् ।
साथै आजै राष्ट्रबैंकका गर्भनर, सीआईबीका प्रमुख, गृहमन्त्री लगायतलाई भेटेर ध्यानाकर्षण गराउने समेत बैठकले निर्णय गरेकोे पनि बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*