३० बैशाख २०८१, आईतवार  |  12 May 2024,Sunday
Ad

पल शाह प्रहरी हिरासतमा

नायक पूर्ण बिक्रम शाह (पल शाह) अईतबार (आज) प्रहरी सामु उपस्थित भएका छन् ।
जबरजस्ती करणीको आरोप लागेका नायक शाहले फेसबुकमार्फत आफु प्रहरी सामु उपस्थित हुने जनाए संगै उनि तनहुँ प्रहरीको सम्पर्कमा गएका हुन् ।
उनले यति दिन प्रहरी सामु नजानुका कारण आफ्नो स्वाथ्यमा समस्या आएको तथा घर व्यावहार मिलानु परेकोले बताएका थिए ।
साथै उनले फेसबुकमा भर्खरै रिलिज भएको “म यस्तो गीत गाउँछु २” नामक चलचित्रलाई असर नपरोस भनी प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी समेत मागेका छन् ।
नेपालको कानुनलाई सम्मान गर्दै आज आफु प्रहरी सामु उपस्थित हुने फेसवुकमा उल्लेख गरेका थिए ।
उनि अहिले प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।
आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै एक गायिकाले तनहुँ प्रहरी सामु जाहेरी दिएपछि पल शाह प्रहरीको खोजिमा थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*