६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

रहेनन् बरिष्ठ कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक एवं हाँस्य कलाकार जयनन्द लामाको मृत्यु भएको छ ।
भक्तपुरको लोकन्थली स्थित आफ्नै घर अगाडि आधा सरिर कारमा र आधा सरिर भुईंमा घोप्टो परेर लडिरहेको अवस्थामा लामा भेटिएका थिए ।
६६ बर्षिय लामा मंगलबार साँझ मिटिङमा सहभागी हुन भन्दै बौद्ध गएका लामा आज बिहान घर अगाडि बा ३ च ७७४१ नं को मारूती सुजुकी कारमा मृत अवस्मा भेटिएको प्रहरीले जनाएको छ ।
राति कारबाट ओर्लदा लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
यस बारे थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।
कलाकार लामाले कलकत्ते काइँयो केश मेरो बाँगो, पानी र्पयो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता चर्चित लोकगीत गायका छन् ।
सैयौं चलचित्रमा अभिनय गरिसकेका लामा पछिल्लो समय हाँस्य टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*