२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

मुग्लिन नारायणघाट सडक खण्ड पूर्ण रुपमा संचालन

मुग्लिन नारायणघाट सडक खण्ड आज देखि पूर्ण रुपमा संचालनमा आएको छ ।
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको उक्त सडक आइतबार (आज) देखि पूर्ण रुपमा संचालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड इन्जिनियर कृष्णप्रसाद आचार्यले जनकारी दिए ।
पहाड काट्ने काम लगभग सकिएकोले आज देखि बाटो पूर्ण रुपमा संचालन गर्न दिने निर्णय भएको आचार्यले बताए ।
उक्त सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*