२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

ठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद

प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ बाट नक्कली नेपाली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य सुपौल जिल्ला थाना बिरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा सुनसरी खोला पुल नजिक सेतो रङ्गको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट एक करोड ८२ लाख ५१ हजार नेपाली रुपियाँ बरामद गरेको हो ।

चेक जाँचका क्रममा साफीले स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १ हजार दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट फेला पारेको पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गराएको छ ।
पक्राउ परेको साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी ल्याएको र उनि बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरी उपरीक्षक वीपीन रेग्मीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*