२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगातार सुधार हुँदै

केहि महिना देखि निराशाजनक अवस्थामा रहेको नेपाली शेयर कारोबार बृद्धि हुन थालको छ ।
मुलुकको अर्थतन्त्र खस्कदो अवस्था रहेको व्याख्या भइरहेको यस समयमा शेयर कारोवार बढनुलाई सकारात्मक रुपमा लिईएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार मात्र ४.९३ प्रतिशतले बढेको छ । बुधबार बढेको यो अनुपात भनेको ९२.२२ अंकको वृद्धि हो ।
९२.२२ अंकले बढेसँगै नेप्से परिसूचक १९ सय ६३ अंकमा पुगे पछि शेयर कारोबारीहरुमा यस प्रति निरासा हट्न थालेका छन् ।
आज मात्रै ६१ लाख ७ हजार कित्ता सेयरको किनबेच हुँदा १ हजार ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एस्सचेन्जले जनाएको छ ।
हिजो मंगलबार २७ अंकको सुधार देखिएको नेप्से आज बुधबार थप ६५.२२ अंकले बृद्धि भएर ९२.२२ पुगेपछि शेयर लगानी कर्ताहरुको केही उत्साह थपिएका छ ।
नेपाल राष्ट्रबैंकले हिजो गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्र सुधारात्मक अवस्थामा रहेको बताए संगै नेप्से परिसुचकका डिजिटल भित्ताहरु हरियो रंगमा बदलिदै उकालो चढ्न थालेका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*