२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

नेपाल वायुसेवा निगमले दक्षिण कोरिया सिधा उडान भर्दै

नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान भर्ने तैयारी थालेको छ ।
निगमका प्रवक्ता अर्चना खड्का अनुसार दक्षिण कोरियाको सिओल स्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा निगमको जहाजले सिधाउडान गर्ने तैयारी थालेको जनकारी दिईन ।
त्यसका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ ।
उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ ।
निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरूप दक्षिण कोरिया सिधा उडानको तयारी सुरू गरेको प्रवक्ता खड्काले बताईन ।
यसबाट कोरियाकालागि हवाई टिकट घट्ने देखि निगमको व्यापारीक क्षेत्र बिस्तार हुने बिश्वास निगमको छ ।
दुईवटा न्यारोबडी ए–३२० र दुई वाइडबडी ए–३३० जहाज रहेको नेपाल वायुसेवा निगमले हाल भारत लगायत आठ देशका १० स्थानमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*