२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

आत्मनिर्भर लघुवित्तको सर्वसाधारणकालागि आइपिओ खुला

आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि आइपिओ आवेदन खुला गरेको छ ।
बुधबार बेलुका ८ः१५ बजे देखि खुला गरिएको आइपिओ सर्वसाधारणले १५ गते सम्म भर्न सक्ने छन् ।
कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
संस्थाले यस अघि त्यस मध्येको २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मध्यनजर गर्दै आइपिओ निष्कासन गरेको थियो ।
संस्थाको जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकोे छ ।
त्यस मध्य बाकी रहको १ लाख ६९ हजार ७५५ कित्ता सेयर सर्वसाधारणले प्राप्त गर्ने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*