२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

नेपालगंजमा लगाईएको कर्फ्युमा हेरफेर, जनजिवन सामान्य बन्दै

बाँकेको नेपालगंज क्षेत्र सामान्य बन्दै गएको छ । बजार क्षेत्र सामान्य बन्दै गए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले लगाएको कर्फ्यु बिहान ८ बजे देखि राति ८ बजे सम्मकालागि हटाएको छ ।
बजार क्षेत्रमा तनावग्रस्त भएपछि लगाईएको कर्फ्यु स्थिती सामान्य बन्दै गए संगै हेरफेर गरिएको बाँकेका प्रमुख जिल्ला अधिकार विपिन आचार्यले बताए ।
अचार्यका अनुसार रातको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै वेलुका ८ बजे देखि विहान ८ बजे सम्म भने कर्फ्यु जारी रहने छ ।
दिउँसको समयमा कर्फ्यु हटाईए पनि शान्ति सुरक्षालाई मध्यनजर गर्दै सभा, बैठक, जुलुस जस्ता कार्यगर्न बन्देज गररिएको छ ।
कर्फ्यु हटे पछि बजार क्षेत्रका पसलहरु खुल्न थालेका छन् । अन्य दिन जस्तै यातायातका साधन तथा मानिसको आवत जावत हुन थालेको स्थानीयले बताएका छन् ।
सामाजिक संजालमा आएको एक स्टाटसले हिन्दु र मुस्लिम समुदाय विच सदभाव खलवलिन गई झडपको स्थिती उत्पन्न भए पछि जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो १ बजे देखि अनिश्चित कालकालागि कर्फ्यु आदेश जारी गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*