७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

बैदेशिक रोजगारीकालागि नेपालीलाई रोमानिया जान बाटो खुल्यो

नेपालीलाई बैदेशिक रोजगारीका लागि रोमानिया जाने आदिकारीक बाटो खुल्ला हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र सोमनियका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच शुक्रबार श्रम समजदारी पत्रमा भएको हस्ताक्षर अनुसार नेपाली बैदेशिक रोजगारीका लागि रोमानिया जाने अवसर सिर्जना भएको हो ।


युरोपियन देश रोमानिया संग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालय श्रोतले जनाएको छ ।
दुई देश बीच भएको सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने पनि सहमती भएको छ ।
नेपालमा रोमानियाली राजदूतावास स्थापना भए पछि आप्रवासी कामलारको माग प्रमाणीकरण, प्रवेशाज्ञा, श्रम स्वीकृतिलाई सहजिकरण तथा महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित बैदेशिक रोजगारको वातावरण तैयार गर्ने कार्यमा सहज हुने छ ।
त्यस अवसारमा रोमानियामा काम गर्दा आप्रवासी कामदारहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था लाई सहजिकरण गर्ने वातावरण निर्माण गर्न समेत रोमानिया तैयार रहेने जानकारी गराईएको थियो ।

नेपालीहरुका लागि रोमानिया श्रम गन्तव्यको मुलकका रुपमा आकर्षण बढदै गएको पछिल्लो यो अवस्था दुई देश बीच श्रम सम्झौता हुनु सकारात्मक रुपमा हेरिएको छ ।


त्यस अवसारमा नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल लगाएतको सहभागिता थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*