२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

एसिया कपमा भारत–पाकिस्तानको खेल वर्षाले रद्द

श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेको एसिया कपको समूह चरणका खेल अन्तिम अन्तिम भएको छ । समूह ए र बी गरी दुई समूहमा बाडेर सञ्चालन गरिएको प्रतियोगितामा पहिलोपटक नेपाल पनि सहभागी छ ।

समूह बी अन्तर्गतको हिजो शनिबार सम्पन्न खेलमा भारत र पाकिस्तानबीचको खेल वर्षाले बिथोलेको छ । खेल निर्णायक हुन नसकेपछि दुवै टीमले १–१ अंक बाँडेका छन् ।

यो नतिजाले यदि नेपालले राम्रो लय लिएको खण्डमा क्रिकेटको महारथी भारतलाई सुपर लिगमा पुग्न समस्या हुने छ । दुई खेलमा ३ अंक साथ पाकिस्तान भने सुपर लिगमा समूहबाट पहिलो भएर स्थान सुरक्षित गरिसकेको छ । अब दोस्रो स्थानका लागि नेपाल र भारतको खेल नै निर्णायक हुने देखिएको छ ।

नेपाल–भारतबीचको खेलमा नेपाल विजयी भएको अवस्थामा नेपाल सोझै सुपर लिगमा पुग्ने छ । खेलमा पराजितमात्र होइन, बराबरी भएको अवस्थामा पनि भारत सुपर लिगमा पुग्ने छ ।

शनिबारको खेलमा सुरुदेखि वर्षाले प्रभावित पारेको थियो । पानी रोकिएपछि सुरु भएको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको थियो । पाकिस्तानसँग पूरै ओभर खेल्न सकेन ।

भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर सम्मानजन स्कोर २६६ रन जोडेको थियो । तर दोस्रो पाकिस्थानको इनिङमा लगातार पानी परेपछि ब्याटिङ गर्नै पाएन । म्याच रेफ्रीले खेल रद्दको घोषणा गरेसँगै पाकिस्तान सुपर लिगमा पुग्यो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*