२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

हाजिरी जमानीमा छुटे कृष्ण बहादुर महरा

नेकपा माओवादी (केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान पछि हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।
प्रहरीका अनुसार सरकारी वकिलको रोहवरमा महरालाई दुई छोरा मध्य निर्मल महराको जिम्मा लगाई पठाईएको छ ।
अर्का छोरा राहुल महरा सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
महरालाई हाजिरी जमानीमा छाडिएको भए पनि उनि माथिको छानबिन भने जारी रहने पनि प्रहरीको भनाई छ ।
सुन तस्कर प्रकरणमा तानिएका उनलाई प्रहरीले कपिलवस्तुबाट हिरासतमा लिएर वयान तथा सोधपुछ गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*