२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

धनुषामा चक्कु प्रहार गरी आफ्नै साथीको हत्या गर्ने दुई जना पक्राउ

धनुषामा चक्कु प्रहार गरी आफ्नै साथीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेकाहरुले मादक पदार्थ सेवनका क्रममा विवाद भए पछि आफ्नै साथी जनकनन्दनी गाउँपालिका २ का १८ वर्षीय कैफ नदाफलाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।

चक्कु प्रहारबाट घाईते भएका कैफलाई परिवारले उपचारका लागि भारतको जयनगर लगेका थिए । घाँटीमा चक्कु प्रहार भएका गम्भिर घाईते कैफको उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्नेहरु अहिले प्रहरी नियनत्रणमा रहेको र उनिहरु बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*