१७ बैशाख २०८१, सोमबार  |  29 April 2024,Monday
Ad

नयाँ बर्षको पहिलो महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

नेपाली वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । २०८० चैत्र महिनामा व्याजदर घटाएका वाणिज्य बैंकहरुले नयाँ बर्ष २०८१ को पहिलो महिना वैशाख महिनामा पनि व्याजदर हेरफेर गरेका हुन् ।

२०८० चैत्र महिनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत गराएका बाणिज्य बैंकहरुले नयाँ सालको बैशाखमा ७.०६ प्रतिशतमा कायम गरेका छन् ।

२० बाणिज्य बैंक मध्य कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् ।

बैंकहरुले शुक्रबार सार्वजनिक गरेको ब्याजदर अनुसार एभरेस्ट र एनएमबीले चैतको तुलनामा बैशाखमा बढाएका छन् । भने अन्य १३ बैंक नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् ।

त्यस्तै चैत महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसियाले ८.५४ प्रतिशत दिएको थियो, भने बैशाख महिनामा सबैभन्दा धेरै एनएमबी बैंकले ७.९७ प्रतिशत कायम गरेको जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् ।
बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्दै जानेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*