१७ बैशाख २०८१, सोमबार  |  29 April 2024,Monday
Ad

अब काँग्रेसका मतदाताले रुख बाहेक अरु चिन्हमा मतदान गर्नु पर्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसले २०८१ लाई पार्टी सुदृढीकरण वर्ष मनाउने बताएका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गतको संवाद यात्राका क्रममा सोमबार कैलालीको टीकापुरमा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेसले यो वर्ष पार्टी सुदृढीकरण संगै पार्टी भित्र थुप्रिएको फोहोरलाइ पनि सफा गनु पर्ने बताएका हुन् ।

काँग्रेस आगामी चुनावमा कसैसंग गठबन्धन नगर्ने प्रतिबद्धता जनाउँदै नेपाली काँग्रेसका मतदाताले रुख बाहेक कुनै पनि चुनाव चिन्हमा मतदान गर्नु पर्ने अवस्था नआउने बताए ।

पार्टी सुदृढीकरणमा जाने भएकोले कार्यकर्तालाई आपसी गुटबन्धीमा समय खर्च नगर्न भन्दै नेता थापाले २०८२ साल भित्र काँग्रेसले आफ्नो अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको पनि बताए ।

नेपाली काँग्रेस सत्ता प्राप्तिको कुनै खेलमा नरहने उल्लेख गर्दै महामन्त्री थापाले अवको एक वर्ष काँग्रेस पूर्णरुपमा प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निभाउने पनि बताए ।

महामन्त्री थापाले राज्यले ८० को दशकलाई कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति तथा कार्यक्रम अघि सार्नुपर्नेमा पनि जोड दिएका छन् । नेपाल कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र प्रति राज्य उदासीन बन्दै गइरहेको भन्दै यस प्रति जिम्मेवार बनेर लाग्नु पर्ने तर्क गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*