१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

धुलाम्मे अनामनगर, टेरेन निर्माण कप्पनीले स्थानीयलाई

काठमाडौ । सिंहदरवारको पूर्वी तर्फ निर्माण भइरहेको संसद भवन निर्माण कम्पनीको लापरवाहीका कारण अनामनगर धुलाम्मे बनेको छ ।
रातको समयमा विभिन्न निर्माण सामग्री बोकेका दर्जनौ टिप्परले झारेको माटो र धुलोले अनामनगर धुलाम्मे बनेको हो । धुलोका कारण स्थानीय होटेल, तथा पसल व्यावसायीहरु आफुहरुलाई सास्ती परकोे गुनासो गरेका छन् ।
सडकमा हिड्ने मानिसलाई पनि स्वास फेर्न उस्तै अप्ठेरो परेको स्थानीयले बताएका छन् ।
केहि दिन यता बाटामा गुड्ने गाडीहरुले अत्यधिक धुलो उडाएका छन् । उडैको धुलो आफ्नो होटेल भित्र आईरहेको स्थानीय पाल्पाली फाष्ट फुडका संचालक पिताम्वर पोख्रेलले बताए । “टेबल कुर्सी धुलाम्मे भएकाले ग्राहक भित्र छिरेर पनि धुलाम्मे देखेर खाजा नखाई फर्कन्छन” “जति सफा गरे पनि उस्तै हुन्छ पिताम्बरले भने” । “हामि ३,४जना मिलेर अस्ति कम्प्लेन गर्न गयौं सम्वन्धीत मान्छे भेटिएनन् सेक्युरिटी गार्डलाई समस्या सुुनायौं तर खै उस्तै छ” पोख्रेलको गुनासो छ ।


अनामनगरका अनिल न्यौपाने पनि कोरोनाबाट बच्न माक्स लगाएको भए पनि धुलोका कारण सास फेर्न गाह्रो भएको बताए । “माक्सले समेत काम गर्न छाड्यो अत्यधिक धुलो उडेको छ, सम्वन्धीत निकाय मौन छ” न्यौपानेले सुनाए ।
स्थानीय मोति मरासिनी पनि धुलोका कारण बाटो छेउमा उभिनै नसकिने भएको बताउँछन् । बिहान पार्किङमा राखिएको मोटरसाईकल बेलुका धुलाम्मे हुने गरेको मरासिनीको पनि गुनासो छ ।


केही महिना यता संसद भवन टुन्डि तथा शेक कन्ट्रक्सन कम्पनीले निर्माण गर्दै आई रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*