२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा मुद्दा दायर हुनेहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष शालिग्राम एडी रहेका छन ।
उनिहरुले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएको भन्दा बढी कामको मूल्याङ्कन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेकोे भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालत स्रोतले जनाएको छ ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, असिस्टेन्ट सब इन्जिनियर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाटबाट दुई लाख २२ हजार बिगो मागदाबी गरेको दावी समेत गरिएको बताईएको छ ।
त्यस्तै चंखेली गाउँपालिका वडा नं ३ का अध्यक्ष शालिग्राम ऐडीले निर्माण सम्पन्न नभएको बाटोलाई सम्पन्न भएको भनी सिफारिस गरी सार्वजनिक सम्पत्तिमा हानी पु¥याएको भन्दै अख्तियारले सजायको मात्रै माग गरेको उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*