१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

अनसनरत डा.के.सी.लाई भेटे पूर्वराष्ट्रपति यादवले

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामबरण यादवले सरकारले डाक्टर गोविन्द के.सी.ले उठाएका माग सम्बोधन गर्नुपर्ने भनाई राखेका छन् ।
शुक्रबार त्रिवि शिक्षण अस्पताल माहाराजगंज पुगेर अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटे पछि पूर्वराष्ट्रपति डा. यादवले पत्रकारहरु संग त्यस्तो कुरा बताएका हुन् ।
“डा. के.सी.ले आमजनताका माग उठाएकाले यसको समाधान सरकारले वार्ताबाट खोज्नुपर्छ” पूर्वराष्ट्रपति यादवको धारणा थियो ।
त्यस्तो कमजोर मानिसलाई अनसनमा धेरै दिन राख्नु खतरा हुने भन्दै उनको माग संबोधन गर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने पूर्वराष्ट्रपति यादवको भनाई छ ।
विश्व अहिंसा दिवसको अवसर पारेर पूर्वराष्ट्रपति यादव डा. के.सी.लाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
गएको भाद्र २९ गते जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा अनसन बसेका डा. के.सी.को स्वास्थ्य अवस्था विग्रन थाले पछि उनलाई काठमाडौं ल्याइएको थियो ।
चिकित्सा शिक्षा सुधारका लागाएतका माग राखेर राखेर डा. के.सी.पटक पटक अनसन बस्दै आएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*