२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

दुई दिने नेपाल भ्रमण सकेर कतारका राजाअमिर थानी स्वदेश फर्किए


नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी बुधबार दिउँसो स्वदेश फर्किएका छन् ।
अमिर थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गरे ।
विदाई कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उप–प्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।
त्यस अवसरमा नेपाली सेनाले अमिर थानीलाई सम्मानका साथ २१ तोपको सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा अमिर थानी मङगलबार अपरान्ह नेपाल आएका थिए ।
कतारका अमिर थानीको यो पहिलो पटक नेपाल भ्रमण भएकोले उनको आगमनमा नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा समेत दिएको थियो ।

दुई दिन नेपाल बसाईका क्रममा अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्री तथा नेपालका उच्च ओहदाका पदाधिकारी संग दुई देश वीचको सौहाद्रपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो ।

अमिर थानी मंगलबार राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रि भोज तथा प्रधानमन्त्री दाहालले बुधबार गरेको दिवा भोजमा सरिक भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*