२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

उपनिर्वाचनमा नेपाली सेना पनि परिचालन हुने

यही वैशाख १५ गते शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन हुने भएका छन् ।

निर्वाचनका समयमा जनतालाई मतदानकालागि शान्ति सुरक्षा प्रत्याभुति दिलाउन राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृत प्रदान गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।

उपनिर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाले शान्ति सुरक्षाकालागि आ–आफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*