८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

काठमाडौं उपत्यका कोरोनाको घारी बन्दै

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको घारी बन्दै गरेको टिप्पनी गर्न थालिएको छ ।
लकडाउन तथा निषेधाज्ञा खुले संगै काठमाडौ उपत्यकामा दैनिक सैयौं कोरोना संक्रमित थपिदै गएका छन् । थपिने संख्यामा नियमित बृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ जानकारी गराउँदै आईएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उक्त संख्यामा कोरोना संक्रमित भेटिएको जानकारी दिईएको हो ।
ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १ हजार ७ सय ८४, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जना नयाँ संक्रमित थपिएको बताए ।
हिन्दुहरुको महान चाड बिजया दशमी नजिकिरहेको समयमा यसरी कोरोना भेटिनुले नागरिकहरु चिन्तित बनेका छन् । दशैंको मुखमा किनमेल गर्ने र परिवार संग रमाईलो गर्ने बेलामा किनमेल संगै कोरोना भित्रिने डरले काठमाडौंको अति चहलपहल हुने स्थानहरु सुनसान जस्तै बनेका छन् ।
न्यूरोड, असन, सुनधारा, जस्ता किनमेलको अत्यधिक चहल पहल हुने स्थान सुन्य जस्तै बनेको त्यस क्षेत्रका व्यापारीले बताएका छन् ।
पछिल्लो २४ घण्टामा मुलुक भर जम्मा १६ हजार ५सय ३१ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ९२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*