२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

देउजाको फिल्म ‘झिँगेदाउ’ को गीत छायांकन

ज्ञानेन्द्र देउजाको निर्देशित फिल्म ‘झिँगेदाउ’ को एक गीतबाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो । निर्देशक देउजाले गीत बाहेकको पोष्ट–प्रोडक्सनको काम पनि सकाई सकेका छन् । केही दिन यता निर्देशक देउजा ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको सिनेमाको एक गीतको छायांकन गरिरहेका छन् ।

बुधबार सिनेमाको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षाका कारण सिनेमाको छायांकन बिहीबार अर्थात् हिजो मात्रै सकिएको छ । निर्देशक देउजाले सिनेमाको गीतमा मात्रै १५ लाख बढी खर्च भएको बताए । सिनेमाको कथाको डिमाण्ड अनुसार कुनैपनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो ।

काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा सिनेमाको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । सिनेमा आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*