२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

दाङमा १५ प्रतिशतले धान रोपाईं घट्यो ।

शर्मिला डिसी
धान उत्पादनको दृष्टिकोणले अत्यन्त सम्भावना युक्त क्षेत्रका रुपमा परिचित दाङ जिल्लामा यस बर्ष धान उत्पादन कम हुने देखिएको छ ।
आकासे पानी प्रयाप्त नपर्नु तथा समयमै सिंचाईको सुविधा नभएका कारण यस बर्ष दाङमा धान उत्पादनमा ह्रास आउने देखिएको हो ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार कुल ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको यहाँ यस बर्ष १५ प्रतिशत रोपाईं कमि भएको छ ।
गत बर्ष शतप्रतिशत रोपाईं भएको दाङमा यस बर्षको भाद्र महिनाको पहिलो साता सम्म जम्मा ८७ प्रतिशतमात्र धान रोपाईं भएको कार्यालयका सूचना अधिकारी मनोज सिंहले बताए ।
सूचना अधिकारी सिंहका अनुसार जिल्लाको देउखुरी क्षेत्रको राप्ती, गढवा, राजपुर र लमही नगरपालिका क्षेत्रमा झण्डै ९८ प्रतिशत रोपाईं भएको छ ।
यस्तै तुल्सीपुर उप–महानगरपालिका, दंगीशरण र बबई गाउँपालिका क्षेत्रमा झण्डै ७३ प्रतिशत, शान्तिनगरमा ८६ प्रतिशत, बंगलाचुलीमा ८२ प्रतिशत रोपाईं भएको छ । त्यस्तै घोराही उप–महागनरपालिका क्षेत्रमा ७९ प्रतिशत रोपाईं भएको पनि सूचना अधिकारी सिंहले जानकरी दिए ।
सूचना अधिकारी सिंहले केही बर्ष यता दाङ जिल्लामा धान उत्पादनमा उतार चढाव आएको बताउँछन् । आकासे पानी, कुला तथा प्रयाप्त सिंचाई सुविधा, मल, बिउ जस्ता कुराहरुको व्यवस्थापन समयमै हुन नसक्दा पनि धान उत्पादनमा उतार चढाब भएको सिंहको भनाई छ ।
कुल खेति योग्य जमिनको ४० प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा रहेको दाङमा ६० प्रतिशत क्षेत्रफल आकाशे पानीको भरमा खेतिपाती हुँदै आएको छ ।


यसै बिच प्रयाप्त पानी नपरेका कारण रोपाई गरेका खेतमा धाँजा फाट्ना थालेको भन्दै किसानहरु चिन्तित बनेका छन् ।
समयमै रासायनिक मल नपाएर अताल्लिएका कृषकहरु खेतबारी प्लटिङ हुँदै जानुले पनि भएका सिंचाईका नहर तथा कुलाहरु मासिदै गएको भन्दै खेतिपाती गर्न कठिनाई बढेकोे गुनासो गर्छन् ।
दाङमा विन्देश्वरी, मन्सुली, अनदि तथा विभिन्न प्रकारका हाईवे्रट धान उत्पादन हुँदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*