६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

दशैंलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुल्ला

दशैंलाई मध्यनजर गर्दै लामो दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ ।
(आज) सोमबारदेखि दसैंका लागि भनेर लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरि बुकिङ सुरु गरिएको छ ।
यात्रुको सहजताका लागि बुकिङ स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा (नाडा) सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग सहितको नागरिक सहायता कक्ष स्थापना समेत गरिएको छ ।
यात्रुको हजताकालागि यस अघि अनलाइन टिकट बुकिङको पनि व्यवस्था समेत मिलाइएको पनि यातायात व्यवसायीले बताएका छन् ।
विभागले यात्राका क्रममा ठगिनबाट बचाउन तथा तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने व्यावस्था मिलाईएको पनि जनाएको छ ।

टिकट बुकिङका लागि अहिले नयाँ बसपार्क गंगबुमा टिकट काट्नेहरुको भिड लागेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*