६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

संभावित दुर्घटनाबाट बच्यो बुद्ध एयर

नेपालको राम्रो एयरलाईन्स मानिने बुद्ध एयरको जहाज संभावित दुर्घटनाबाट बचेको छ ।
सोमबार बिहान साढे ७ बजे काठमाडौंबाट पोखराकालागि उडेको यू ६०१–९ एनएजेओ जहाजको ककपिटमा धुवाँ देखिए पछि पाइलटले जोखिम नमोलि काठमाडौं फर्काएका छन् ।
पोखरा नपुग्दै बिच आकासमै ककपिटमा धुवाँ देखिए पछि पाईलटहरुले रिस्क नमोली काठमाडौं फिर्ता गराएका हुन ।
सामान्य समस्या रहकोले मर्मत गरि पुन जहाज पोखरा पठाईएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।
यसै बिच बुद्ध एयरकै अर्को बिमानमा पनि आजै बिहान समस्या देखिएको थियो । काठमाडौंबाट बिराटनगरका लागि उडेको अर्को जहाजको ल्यान्डिङ गेयरमा समस्या भए पछि जहाज पुनः काठमाडौ फर्काईएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*