२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

पैसा अभावमा कसैले ज्यान गुमाउनुपर्दैन, स्वास्थ्य मन्त्रालयले ग्यारेन्टी लिन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य गर्ने बताएका छन् । दोश्रो आधारभूत जिवन रक्षा दिवस अवसरमा धुलिखेल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने बताए । बस्नेतले भने–‘स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारेन्टी लिन्छु । कुनै पनि नेपालीले पैसा अभावमा ज्यान गुमाउनु पर्दैन ।’

बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघिय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाईका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दावी गरे । दुई वर्षभित्र सबै नेपालीलाई निस्शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए ।

वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने विरामीको संख्या ४० प्रतिसतले बढेको पाइएको बस्नेतको दावी छ । धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविश्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । आधारभूत जिवन रक्षाको कार्यक्रमको महत्व जहाँ पनि जहिले पनि रहेको बताउदै यसलाई देश भरि पुर्याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*