२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थको १७ औं वार्षिक साधारण सभा सम्पन्न

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेड काठमाडौंले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले सहकारीको आ.व २०७९/०८० को लेखा तथा वार्षिक प्रगति प्रतिवेदन सहित सहकारीको बस्तु स्थीतिलाई प्रस्तुत गर्दै सर्व सम्मत पास गरेको छ ।

त्यस अवसरमा सहकारीमा आवद्ध भई योगदान गरे बापत कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

स्वास्थ्य क्षेत्रलाई लक्षित गरी संचालन गरिएको सहकारीले कलंकीमा सय शैयाको आधुनिक र सुविधा सम्पन्न सहिद मेमोरियल अस्पताल तथा सिफमा सहिद स्मारक जनस्वास्थ्य कलेज संचालन गर्दै आईरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*